सिभिल बैंकले एटीएम कार्ड प्रयोगबिनै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि भित्र्याएको छ । ग्राहकले सिभिल बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर बैंकको कुनै पनि एटीएममार्फत एटीएम कार्डको प्रयोगबिनै सजिलै रकम निकाल्न सक्नेछन् ।
यो सेवा प्रयोग गर्न ग्राहकले सिभिल बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ मा भएको ‘कार्डलेस क्यास’ अपसनमा गई आफूले इच्छाएको रकम प्रविष्ट गरी आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनको पिनकोड हाल्नुपर्नेछ । त्यसपछि एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटिपी पासकोड प्राप्त हुनेछ ।यो पासकोडसहित अन्य विवरण प्रविष्ट गरेपछि एटीएमबाट पूर्वनिर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकले यो सुविधाको उपयोग एटीएम कार्ड हराएको अवस्था वा अरू कसैलाई रकम भुक्तानी गर्नुपरे प्रयोगमा ल्याउन सक्ने बैंकले बताएको छ ।
यो सेवापछि ग्राहकले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने आदि झन्झटबाट मुक्ति पाउनेछन् ।
एटीएम कार्ड हराउँदा/बिर्सिंदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने आदि समस्याको समाधान ‘सिभिल बैंक कार्डलेस क्यास’ ले दिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
हाल बैंकले १ सय १४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटीएममार्पmत बैंकिङ सुविधा दिँदै आएको छ