ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २४ बैशाख २०७८

राष्ट्रिय सभामा देवकोटा र थापा भिड्ने पक्का

शुक्रबार २४, बैशाख २०७८: काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा डा.खिमलाल देवकोटा र रामबहादुर थापाबीच भिडन्त हुने पक्का भएको छ । एमालेको संस्थापन पक्षले ले गृहमन्त्रीसमेत रहेका थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि दुई जनाबीचको भिडन्त पक्का भएको हो ।

एमालेबाट गृहमन्त्री थापा उमेदवारी दिन मकवानपुर हिँडिसकेका छन् । २०७४ मा तत्कालीन मओवादी केन्द्रबाट थापा उम्मेद्वार बनेका थिए । नेकपाको एकता भंग भएसँगै थापा एमालेतर्फ लागेपछि माओवादी केन्द्रले कारबाही गरेको छ।

यता माओवादी कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा डा. देवकोटाले उम्मेद्वारी दिएका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि उनी हेटौंडा पुगिसकेका छन् ।

Maruti Cement