काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न अनुरोध गरेका छन्।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे । कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।
अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए ।
सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशिल रहेको पनि बताए ।
नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व रहेको बताउँदै प्रधानमन्त्रीले स्वास्थ्य सुविधाबाट कोही पनि बन्चित हुन नपरोस् भन्नेतर्फ सरकार गम्भिर रहेको पनि उनले बताए ।
संघ र प्रदेशबीच समन्वात्मक ढंगले कोभिडविरुद्ध एकजुट हुन सरकारका मन्त्रीलाई फोकल पर्सन तोकिएको जानकारी दिँदै प्रधानमन्त्रीले महामारीविरुद्ध एकजुट हुन राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।
महामारी ब्यापकरुपमा फैलिने क्रम सुरु भएसँगै कन्ट्याक्ट ट्रेसिङ र संक्रमित पहिचान बनाउने काम थालिएको उनले जनाए । अत्यावश्यक लिक्विड अक्सिजन गैरकानूनी निर्यात गर्नेलाई कार्वाही गर्ने बताउँदै प्रधानमन्त्रीले देशमा उत्पादित अक्सिजनलाई अन्य क्षेत्रमा प्रयोग गर्न रोक लगाइने बताए ।