ताजा अपडेट
श्रीपेज २३ मंसिर २०७८
कांग्रेस महाधिवेशन

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

काठमाडौं, २३ मंसिर
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा  ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितकाे अवधारणापत्र सार्वजनिक गर्न लागेकाे हाे ।  ‘समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।

भाेलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।

Maruti Cement