ताजा अपडेट
श्रीपेज २५ पुष २०७८

एमाले डडेल्धुराको अध्यक्षमा साउद

डडेल्धुरा, २५ पुस

नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसहमत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै सर्मथन गरेका थिए ।
यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ ।

Maruti Cement