ताजा अपडेट
श्रीपेज १३ चैत्र २०७७

काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित

KTM polution

काठमाडौं १३ चैत : शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थल कार्यालयका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ ।

अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको उनले बताए । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

Maruti Cement