ताजा अपडेट
श्रीपेज १० श्रावण २०७९

यो पटक बिश्व प्रकाशलाई संसद प्रवेश गराउनै पर्ने साझा अभिमत बन्दै, बैरागी काइँलाले अब झापा एकमा मतदान गर्ने

नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मालाई यो पटक जसरी पनि चुनाव जिताउन प्रवुद्ध समूह जुटेको छ । झापा क्षेत्र नम्वर एकमा मुल घर भइ काठमाण्डौमा विभिन्न पेशा व्यवसायमा संलग्न अग्रजहरुले अहिले धमाधम झापामै मतदाता नामावली सार्न थाल्नु भएको छ । यसरी नामावली सार्नेमा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं प्रख्यात आयामेली कवि बैरागी काइँलासमेत देखिनु भएको छ । महामन्त्री शर्माले आफ्नो फेसवुक पेजमा बरिष्ठ साहित्यकार काइलालाई झापा क्षेत्र नम्वर एकमा स्वागत गर्नु भएको छ ।

यसैगरी साहित्यकार डा विष्णुविभु घिमिरे, चिकित्सक प्रा डा कमल कोइराला लगायतले पनि झापा क्षेत्र नम्वर एकमा परिवारसहितको मतदाता नामावली स्थानान्तरण गर्नु भएको छ । झापा काठमाण्डौ सम्पर्क समितिका सभापति प्रज्वल कोइरालाका अनुसार समितिको पहलमा अहिलेसम्म विभिन्न पेशा व्यवसायमा ख्याति कमाउनु भएका दर्जनौ व्यक्तित्वसहित करिव ३ सय जनाले काठमाण्डौ निर्वाचन कार्यालयबाट झापा क्षेत्र नम्वर एकका लागि मतदाता नामावली दर्ता गर्नु भएको छ । कोइरालाका अनुसार यसरी नामावली सार्नेमा बिभिन्न व्यवसाय गर्ने व्यवसायी, बैंकर,कर्मचारी लगायत छन् । स्वर्तस्फूत झापा नामावली सार्नु भएकाहरुले झापा क्षेत्र नम्वर एकमा विश्वप्रकाशलाई दिने मतको अर्थ आफ्नो र देशको सपनासँग जोडिएकोले पार्टी भन्दा माथि उठेर स्थानान्तरण गर्न लागेको बताउनु भएको छ । उहाँहरुले विश्वप्रकाश शर्मालाई एक पटक जिताएर संसद प्रवेश गराउने आफुहरुको चाहना रहेको पनि बताउनु भयो । शर्माले जिते झापा क्षेत्र नम्वर एक देशकै राजनीतिक केन्द्रविन्दु हुने उहाँहरुको भनाई छ ।
आफ्नो बलबुतामा पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा विद्रोह गरी निर्वाचित भएका शर्मालाई संसदबाट पनि स्थापित गर्नुपर्ने जनमत विस्तारै बढ्दै गएको छ । अवको एक दशकभित्र पार्टी र देशको नेतृत्व गर्न सक्ने आधार बनाउँदै गएका शर्मालाई पार्टीको गुट उपगुट भन्दा माथि राखेर सहयोग गर्नु पर्ने दवाब झापामा बढ्न थालेको छ ।

Maruti Cement