ताजा अपडेट
श्रीपेज २७ भाद्र २०७८

संखुवासभा हत्या प्रकरण : ६ जनाको हत्यामा संलग्न अभियुक्त कार्कीलाई सार्वजनिक गर्दै प्रहरी

संखुवासभा, २७ भदौ

प्रहरीले मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जना हत्या गर्ने लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

संखुवासभाको सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरीले अभियुक्त कार्कीलाई सार्वजनिक गर्न लागेको हो ।
व्यक्तिगत रिसइवीका कारण लोकबहादुरले सोमबार बिहा झिसमिसेमा १३ दिने दाजुभाइ खलकका ६ जनाको हत्या गरेका थिए ।

हत्या भएकामा ५८ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्की छन् ।

Maruti Cement