ताजा अपडेट
श्रीपेज २८ बैशाख २०७८

नेपाल पक्ष सांसदले गद्दारी गरेको ओलीको टिप्पणी

२०७८ वैशाख २८,काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएको भन्दै यसमा क्षमा हुन नसक्ने बताएका छन् ।

विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताएका हुन् ।

ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले नेपाल प्रेसलाई भने- आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी हो, यस्ताको जति निन्दा गरे पनि पुग्दैन । यसबारेमा पार्टीले निर्णय लिन्छ ।

बैठकमा प्रधानमन्त्री अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढ्यने विश्वस्त देखिएको ती मन्त्रीले बताए । ‘मैले जे गर्न खोजेको हो त्यसै भइरहेकै छ, केही चिन्ता छैन मिठाइ खाए हुन्छ तर लड्डू चाहिँ नखानू’ ओलीले मन्त्रीहरुलाई भने ।

प्रधानमन्त्रीले जुन प्रयोजनको लागि संसद बैठक बोलाइएको हो त्यसको काम सकिएपछि अधिवेशन अन्त गर्ने प्रस्ताव बैठकमा सुनाएका थिए । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

Maruti Cement