मङ्गलबारे, १६ फागुन:
झापाको माईजोगमाई गाउँपालिकामा रेडपान्डा र किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ ।
गाउँपालिकाको केन्द्र मानिएको नयाँ बजारमा एक कार्यक्रमबीच रेडपान्डा र यलम्बरको प्रतिमाको अनावरण गरिएको हो । रेडपाण्डा विश्वमै लोपउन्मुख सूचीमा छ । किराँतको प्रथम राजा यलम्बरको प्रतिमाको अनावरण गरिएको छ । रेडपाण्डा सोही गाउँपालिकाका विभिन्न क्षेत्रमा पाइन्छ ।
लजालु स्वभावको रेडपान्डाको बासस्थान सोही गाउँपालिकाका जङ्गलमा भएकाले पनि सो स्थानमा रेडपान्डाको चिनारी देखाउन आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताउनुभयो ।
माईजोगमाई गाउँपालिकाको चिनारीका रुपमा रहेको रेडपान्डा बजारको चोकमा राखिएको उहाँले बताउनुभयो । यलम्बर राजाको सम्झनामा नयाँबजारमा रहेका किराँतको शाकेला थानमा यलम्बर राजा घोडामा चडेको प्रतिमाको एकसाथ गाउँपालिका अध्यक्ष राइले अनावरण गर्नुभएको हो । प्रतिमा अनावरण गर्दै अध्यक्ष राईले यी दुई चिनारीले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।