ताजा अपडेट
श्रीपेज ३१ चैत्र २०७७

नयाँ वर्षमा प्रधानमन्त्रीले सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् । एक पटक भुकम्पले आहत भएको भवनको पुर्ननिर्मँण गरिएको भवन उद्घाटन गर्न बाहेक १३ महिनादेखि सिंहदरबार नगएका ओली बुधबार सिंहदरबार पुग्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

देशको पछिल्लो राजनीतिक अवस्था र आफू नेतृत्वको सरकारलाई असफल पार्न पार्टीभित्रैबाट के कस्ता असहयोग भए भन्नेबारे पनि जनतालाई प्रष्ट पार्ने एक मन्त्रीले बताए । उनले आगामी योजना पनि सम्बोधनमार्फत बताउने जनाइएको छ ।

Maruti Cement