काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने बताएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान नर्भिक हस्पिटलमा पुगेर जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि जोशीका परिवारलाई सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।
उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेका थिए । नर्भिक अस्पतालमा जोशीको उपचारमा सम्लग्न डा. राजीव झाको टोलीले जोशीको जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।
नर्भिक अस्पतालमा जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जोशीको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. झाले जानकारी दिए ।