काठमाडौँ, ३० असार : गगनकुमार थापाका चुनावी क्षेत्र काठमाडाैँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेकाे छ । क्षेत्रीय सभापति पददेखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट, छलफल तथा चलखेल तीव्र चलिरहेकाे छ भने केही नामहरूले आफूलाइ नेतृत्वकाेरूपमा दावी पनि गरिरहेका छन् ।
यसैबीच क्षेत्रीय सभापति राजु श्रेष्ठले याेग्यता र क्रियाशिलताकाे आधारमा सर्वसम्मत नेतृत्व चयन गरिने जानकारी दिएसँगै क्षेत्रीय सभापतिमा पत्रकार तथा लेखक केशव पाठकका नाममा क्षेत्रीय सभापति जाने आंकलन गरिन थालिएकाे छ । नेपाली काँग्रेस पूर्णतः निस्क्रियझैँ रहेकाे बेला पनि पत्रकारिता तथा लेखनका माध्यमबाट क्षेत्र नं ४ र बुढानिलकण्ठ नगरपालिकामा काँग्रेसलाइ बचाउन भूमिका खेलेकाे कारण पाठक चर्चामा आएका हुन् । बुढानिलकण्ठका मेयर उद्धव खरेललगायत जनप्रतिनिधिबीच पूर्णतः प्रतिपक्षी भएर उभिएका कारण पाठक जत्तिकाे व्यक्ति क्षेत्रीय सभापति हुनुपर्छ भनेर लविङसमेत भएकाे बुझिएकाे छ ।
नेता गगन थापा तथा क्षेत्रीय सभापति राजु श्रेष्ठ दुवैसँग राम्राे सम्बन्ध भएका कारण पनि पाठकलाइ क्षेत्रीय सभापति बनाउन पर्ने माग उठेकाे एक क्षेत्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए । लेखन तथा बाेल्नमा निडर एवम् हक्कि स्वभावका कारण पनि विपक्षीसँग चुनाव केन्द्रित राजनीतिलाइ पाठककाे महत्व रहने भएकाले सांसद थापा एवम् क्षेत्रीय सभापति पनि उनीप्रति अरूसँग भन्दा बढि कम्फर्टेबल हुन सक्ने ती क्षेत्रीय सदस्यले बताए । क्षेत्र नं ४ काे सभापतिमा श्यामकृष्ण संगत, विनाेद चालिसे र इन्द्र थापाकाे नाममा चर्चा चलिरहेकाे बेला पाठककाे नाम चर्चामा चलेसँगै धेरैले पाठक नै सभापति बन्न याेग्य भनिरहेकाे पनि उनले बताए । याे बारेमा प्रतिक्रिया लिन ०५४ सालमै जनप्रतिनिधिसमेत बनिसकेकाे पाठकलाइ सम्पर्क गर्दा उनले छाेटाे प्रतिक्रिया दिए, “याे हल्लाबारे थाहाचाहि छैन तर सभापति पाए चलाउन के गाराे भयाे र ।”