ताजा अपडेट
१५ कात्तिक, काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ थाल्ने भएका छन् ।
न्याधीहरूको निर्णयलाई सहयोग गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।
एउटै इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संस्थामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास तोकेका हुन् ।
१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ ।
प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेका छैनन् ।