ताजा अपडेट
श्रीपेज ८ पुष २०७८

आरआर क्याम्पसका शिक्षकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेविसंघको माग

काठमाडौं, ८ पुस

नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ ।

६ पुसमा क्याम्पसको विहानी सत्रमा आन्तरिक मूल्यांकन परीक्षा हुँदै गर्दा अनावश्यक रुपमा परीक्षा हलमा प्रवेश गरेर अनेरास्ववियुनिकट कुवेर जेठाराले परीक्षा सञ्चालन गरिरहेका शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए । खानेपानी जग नै कुच्चिनेगरी भएको आक्रमणमा घाइते शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लागेको थियो ।

दोषीलाई कारवाही गरी क्याम्पसमा पठनपाठन सूचारु गरायन र क्याम्पसमा विद्यार्थी तथा प्राध्यापकहरुको सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरिएको छ ।

दोषीलाई कारवाही नगरे स्थापित हुने नजिर तथा यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन नै हुने चेतावनी पनि दिइएको छ ।

Maruti Cement