काठमाडाैं : के तपाईंलाई हट योगबारे थाहा छ ? हट योग नयाँ होइन, यो कन्सेप्ट पुरानो हो तर कोरोना कालमा यो संसारभरी नयाँ ट्रेन्डको रुपमा सेट भएको छ । अमेरिकी बिजनेस एक्सपर्ट मार्गेज ड्रेकका अनुसार उनले कोरोनाको समयमा हट योगको सहारा लिइन् जसले उनको तनावलाई कम गर्न निकै सहयोग गर्यो । हट योजले १७ हप्तामा ८० प्रतिशतसम्म तनाव र ४५ दिनमा ५० प्रतिशतसम्म डिप्रेशन कम गर्छ ।
हट योगमा २६ वटा पोज हुन्छन् । यो गर्दा कोठाको तापक्रम २५ देखि ४१ डिग्रीसम्म राखिन्छ । यसमा सङ्गीत पनि प्रयोग गरिन्छ । तातो पानीमा डुबुल्की मारेर पनि हट योग गर्न सकिन्छ ।
हट योगका लागि पानी र कोठाको तापक्रम कति हुनुपर्छ ?
कोठाको तापक्रम– २५ देखि ४१ डिग्री
– ह्यूमिडिटी ४० प्रतिशत
नेचुरल ह्यूमिडिटी – २७ देखि ३८ डिग्री
१५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि कोठाको तापक्रम – २५ देखि ३० डिग्री
पानीको तापक्रमः ३० देखि ४५ डिग्री
हट योगका ८ सर्वाधिक चर्चित पोजः
१. प्राणायाम
२. ईगल मुद्रा
३. त्रिभुज मुद्रा
४. ट्री मुद्रा
५. कोब्रा पोज
६. बो मुद्रा
७. ऊँट मुद्रा
८. कपालभाती
हट र साधारण योगबीच के छ अन्तर ?
साधारण योग र हट योग असाध्यै फरक भने छैनन् । दुबैमा अप्रोचको अन्तर छ । हट योग त्यस्ता मानिसहरुका लागि हो जोसँग कम समय हुन्छ । कम समयमा योग गर्दा शरीर तातो हुन पाउँदैन । हट योगमा शरीरलाई तताउन आवश्यक हुँदैन । यो बेडरुमदेखि बाथरुमसम्म कुनै पनि क्लोज स्पेसमा गर्न सकिन्छ ।
अमेरिकी योग विशेषज्ञ ब्रिट्टोन सचीमार्फत् हट योगका पाँच फाइदाबारे जानकारी लिऔंः
१. शरीर लचिलो बनाउँछः
तपाईंलाई सायद पहिला नै थाहा होला कि वार्मअप गरेपछि स्ट्रेचिङ गर्नु बढी फाइदाजनक हुन्छ । हट योगको क्रममा तपाईं शरीर पहिला नै तातिसकेको हुन्छ । यस्तोमा यसले मांसपेशीको लचकतालाई पहिले नै बढाइदिएको हुन्छ । योग विशेषज्ञ ब्रिट्टोनका अनुसार हट योग गर्नेहरुको काँध र कम्मरको लचकता हप्ता दिनभित्रै बढ्ने गर्छ ।
२. धेरै क्यालोरी बर्न हुन्छः
विज्ञका अनुसार साधारण योगमा एक वयस्कको १८३ क्यालोरी बर्न हुन्छ तर उच्च तापक्रममा योग गर्दा बढी क्यालोरी बर्न हुन्छ । कोलोराडो स्टेट युनिभर्सिटीका अनुसार हट योगमा एक वयस्कले ३३० देखि ४६० क्यालोरी बर्न गर्छ ।
३. हड्डीका लागि फाइदाजनकः
हट योगमा हड्डी बढी बलियो हुन्छ । हट योगबाट बोन सेलको भिटामिन–डी अब्जर्भ गर्ने क्षमता बढ्ने गर्छ । यो वयस्क पुरुष र महिलाका लागि सबैभन्दा बढी आवश्यक हुन्छ । सन् २०१४ मा अमेरिकामा भएको एक अनुसन्धानका अनुसार हट योग गराउने महिलाको बोन डेन्सिटी साधारण महिलाको तुलनामा बढी पाइएको थियो ।
४. तनाव कम गर्छः
मानसिक रुपमा पनि हट योग बढी फाइदाजनक हुन्छ । सन् २०१८ मा हट योग गर्नेहरुमाथि एक शोध गरिएको थियो । यसमा सय जनालाई समावेश गरियो । उनीहरुले १६ हप्तासम्म हट योग गरे । शोधका अनुसार १६ हप्तामा यी मानिसहरुको तनाव ८० प्रतिशतसम्म कम भयो ।
५. डिप्रेशनमा पनि प्रभावकारीः
हट योगले डिप्रेशनलाई पनि निकै कम गर्छ, यसले मूड राम्रो बनाउँछ र नकारात्मकतालाई टाढा राख्छ । अमेरिकन साइकोलोजी असोसिएशनका अनुसार हट योगले डिप्रेशनललाई ४५ दिनमा ५० प्रतिशतसम्म कम गर्छ । यसबाहेक अमेरिकामा डिप्रेशनको विषयमा भएको विभिन्न अनुसन्धानमध्ये २३ ले मानेका छन् कि हट योग डिप्रेशनलाई कम गर्ने एक प्रभावकारी विकल्प हो ।
(एजेन्सीकाे सहयाेगमा)