ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज ३० बैशाख २०७८

माधव समूहका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थायी कमिटिको निर्णय

बुधबार ३०, बैशाख २०७८: माधव समूहका चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमाले स्थायी कमिटिको निर्णय
काठमाडौं : नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

Maruti Cement