ताजा अपडेट
श्रीपेज २२ मंसिर २०७८

साना व्यवसायीलाई पनि समेटेर निर्माण व्यवसायी अघि बढोस् : मन्त्री झाँक्री

काठमाडौं ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिनुभएको छ । १४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरि कार्यक्रममा सहभागी हुँदै मन्त्री झाँक्रीले साना व्यवसायीलाई पनि अवशर दिएर अघि बढाउनुपर्ने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्, त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ । कार्यक्रमको दशरथ रंगशालाबाट उद्घाटन भएर निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान समेत आयोजना गरिएको थियो । साथै व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका थिए ।

Maruti Cement