ताजा अपडेट
श्रीपेज २१ असार २०७९

झापा क्षेत्र नम्वर १ काठमाण्डौ सम्पर्क समिति अन्तर्गत २१ वटै वडामा संयोजक चयन, मतदाता नामावलीमा नाम नछुटाउन समितिको अपील

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर १ काठमाण्डौ सम्पर्क समितिले झापा क्षेत्र नम्वर एकका सवै वडाहरुमा एक जना संयोजक रहने गरी वडा समिति पनि गठन गरेको छ । सम्पर्क समितिका सभापति प्रज्वल कोइरालाका अनुसार वडा समितिले वडामा रहेका बस्तुगत अवस्थाको बारेका महामन्त्री विश्वप्रकास शर्मा समक्ष ध्यानाकर्षण गराउने छ । शिक्षा, स्वास्थ्य, विकास निर्माण,रोजगारीसहित सामाजिक सुरक्षाका बिषय वडास्तरबाटै आउन भन्ने उद्घेश्यले समिति गठन गरिएको सभापति कोइरालाले जानकारी दिए । उनका अनुसार वडा समितिको संयोजकमा मेचीनगर नगर पालिकाको वडा नं १ देखि १५ सम्म क्रमश टेकनाथ गुरगाई,बीर वहादुर घटानी,दिलिप सोङमेन,तेजबहादुर चम्लागाईँ,राकेश बुढाथोकी,गौरव दाहाल,त्रिभुवन अधिकारी,निशान नेपाल,लक्ष्मण रिजाल,पशुपति खत्री,दिपेन्द्र प्रसाई, सागर चौहान,उमा श्रेष्ठ, राधाकृष्ण काफ्ले र सागर श्रेष्ठ रहेका छन् । यसैगरी क्षेत्र नम्वर एक मै रहेको भद्रपुर नगर पालिकाको ९ र १० वडाका संयोजक क्रमश प्रकाश श्रेष्ठ र चोलेन्द्र दाहाल रहेका छन् भने बुद्घ शान्ति गाउँ पालिकाको वडा नम्वर ४,५,६ र ७ नम्वरमा नरेश लावती, नवीन खवास,पुष्कर पौडेल र विवेक गडतौला संयोजक रहेका छन् । समितिका बस्ने सदस्यहरुको नाम थप गर्दै लगिने बताइएको छ ।

सम्पर्क समितिले यस अघि अमर रिजालको संयोजकत्वमा तरुण दल,चोलेन्द्र दहालको संयोजकत्वमा नेपाल बिद्यार्थी संघ, रुपाली पौडेलको संयोजकत्वमा नेपाल महिला संघको क्षेत्रिय सम्पर्क समिति गठन भइसकेको छ । तरुण दलको सम्पर्क समिति सदस्यमा लक्ष्मण रिजाल,मिलन श्रेष्ठ,दिलिप सोङमेन,राकेश बुढाथोकी,पशुपति खत्री,त्रिभुवन अधिकारी,अशेष थापा र खेम थापा छन् भने नेवि संघको सम्पर्क समिति सदस्यमा गौरव दाहाल, प्रेरणा क्षेत्री, कौशल आचार्य,सुवोध रिजाल,प्रसन गिरी, विशाल श्रेष्ठ र विपुल चौहान रहेका छन । यसैगरी महिला संघका सम्पर्क समिति सदस्यमा गंगा पन्त,बिमला खड्का,रीता बन,सीता घिमिरे,श्रद्घा अधिकारी,सीता गिरी,कामख्या चापागाईँ, राधा न्यौपारे र उमा श्रेष्ठ रहेका छन् ।

मतदाता नामावलीमा नाम नछुटाउन अपील

सम्पर्क समितिले मतदाता नामावलीमा नाम छुटेका या नयाँ नाम दर्ता गर्नु पर्ने क्षेत्र नम्वर १ का मतदातालाई सम्पर्क कार्यालयमा सम्पर्क राख्न अपील गरेको छ । समितिका सभापति प्रज्वल कोइरालाका अनुसार नयाँ मतदाता,पहिले छुटेका मतदाता र काठमाण्डौबाट झापा क्षेत्र नम्वर १ मा स्थानान्तरण गर्नुहुने मतदाताले सम्पर्क कार्यालयको टेलिफोन नम्वर ९७४१६८८८८८ मा दिउँसो १ बजेदेखि ७ बजेसम्म सम्पर्क गर्न सक्नु हुनेछ । निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सम्पर्क कार्यालयले सहजीकरण गरिरहेको छ । मतदाता नामावली संकलन क्षेत्र नम्वर १ का २१ वटै वडाका संयोजकको पहलमा जारी रहेको सम्पर्क कार्यालयका कार्यालय सचिव प्रभाष निरौलाले जानकारी दिए ।


फस्ट टाइम भोटर वीथ विश्वप्रकाश

सम्पर्क समितिले केही दिनमै अवको निर्वाचनमा पहिलो पटक भोट दिने मतदाताहरुसँग काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्तरकृया गर्ने कार्यक्रम बनाएको छ । सम्पर्क समितिका सभापति कोइरालाका अनुसार यो कार्यक्रममा नयाँ पुस्ताले परम्परागत राजनीतिमाथि आफ्नो दृष्टिकोण महामन्त्री विश्वप्रकास शर्मासमक्ष राख्ने छन् भने उनीहरुको चासो र चिन्ता माथि महामन्त्री शर्माले प्रशिक्षण दिने छन् । कार्यक्रम संयोजक चोलेन्द्र दाहालले यस कार्यक्रममा सहभागी हुन क्षेत्रका फस्ट टाइम भोटरहरुको विवरण संकलन भइरहेको बताए ।

Maruti Cement