ताजा अपडेट
श्रीपेज २३ असार २०७९

रेणुकालाई भेटेर खेलकुदमन्त्रीले भने– उपचारमा कुनै कमी हुँदैन

२३ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीलाई भेटेर उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

 

विहीबार बिहान अस्पतालमै पुगेर कप्तान रेणुकालाई भेट्दै खेलकुदमन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना भएकाले उपचार खर्च राखेपले नै व्यहोर्नेछ ।

Maruti Cement