ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज ४ आश्विन २०७८

रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ

काठमाडौं, ४ असोज 

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ । सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन् । रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाएनन् ।

सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

Maruti Cement