ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २३ भाद्र २०७८

बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

काठमाडौं, २३ भदौ

पार्टी परित्याग गरेर हिँडेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।

Maruti Cement