ताजा अपडेट
श्रीपेज ४ पुष २०७८

यसरी मनाइँदै छ यमरी पुन्ही

काठमाडौं, ४ मंसिर

आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति सुमुदायलाई मात्र बिदा दिएको छ ।

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ ।

यसदिन योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

Maruti Cement