ताजा अपडेट
लिली रेनहार्टले महामारीका कारण आफू एङ्जाइटीको रोगी भएको खुलासा गरेकी छिन् । उनले आफूलाई पोस्ट अफिस पुग्न पनि गाह्रो भइरहेको बताएकी छिन् ।
‘महामारीयता मेरो मानसिक स्वास्थ्य नराम्ररी बिग्रेको छ,’ उनले भनेकी छिन्, ‘जतिबेला पनि तनाव हुन्छ मलाई । पोस्ट अफिस पनि जानु नपरे हुन्थ्यो भन्ने लाग्छ । सार्वजनिक ठाउँमा जानै सक्दिनँ । सानो–सानो कुरामा पनि झनक्क रिसाउने भएकी छु ।’
उनले आठ कक्षा पढ्दादेखि नै यो रोगको शिकार भएको पनि खुलासा गरेकी छिन् । त्यतिबेला आफू हरेक दिन बिहान रुने गरेको सम्झेकी छिन् ।