ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज ९ चैत्र २०७७

ट्विटर, फेसबुकले ब्यान्ड गरेपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने

Donald

काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर, फेसबुकलगायत सामाजिक प्लेटफर्मले स्थायी रूपमा निलम्बन गरेपछि उनले आफ्नै सामाजिक सञ्जाल बनाउने तयारी गरिरहेका छन्।

आइतबार ट्रम्पका सल्लाकार तथा प्रवक्ता जेसन मिलरले ट्रम्प यसपटक आफ्नै सामाजिक सञ्जालको नेटवर्कमार्फत समाजिक सञ्जालमा फर्किने तयारी गरिरहेका हुन्।

मिलरले ट्रम्प लगभग दुई वा तीन महिनामा सोशल मीडियामा फर्किने तयारी गरिरहेको बताए। ‘यो त्यस्तो विषय हो जुन मलाई लाग्छ सोसल मिडियामा सबभन्दा बढी बिक्नेछ,’ मिलरले भने,  ‘यसले खेललाई पूर्ण रूपमा परिभाषित गर्न गइरहेको छ र सबैजना राष्ट्रपति ट्रम्पले के गर्छ भनेर हेर्न पर्खिरहेका छन्  तर यो उनको आफ्नै प्लेटफर्ममा हुनेछ ।’

‘सबैजनाले उनलाई चाहन्छन् र उनले यस प्लेटफर्ममा लाखौं–करोडौं मानिसलाई आकर्षित गर्नेछन्,’ उनले भने । यो नयाँ प्लेटफर्म ठूलो हुने मिलरले बताए।।

Maruti Cement