ताजा अपडेट
श्रीपेज २० आश्विन २०७८

सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माणका लागि प्रदेश सरकारले २ करोड दिने

२० असोज, हेटौँडा ।

बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माण तथा पुन:स्थापनाका लागि दुई करोड रकम दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने निर्णय गरेको हो ।

‘अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मन्त्री शाक्यले भने ।

बैठकले २०७७ जेठदेखि बाढीपहिरोलगायत मनसुनजन्य विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम १० हजारसम्म वितरण गर्ने निर्णय गरेको छ ।

मन्त्री शाक्यका अनुसार सिन्धुपाल्चोक जिल्लामा जम्मा लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाका पनि ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइनेछ ।

Maruti Cement