ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज १८ भाद्र २०७८

एनएमबि क्यापिटलका दुई म्युचुअल फन्डकाे मूल्य समायोजन

काठमाडौं, १८ भदौ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फन्डको एकाइ मूल्य समायोजन गरेको छ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य समायोजन गरेको हो ।

शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको छ । समायोजनपछि एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ ।

Maruti Cement