ताजा अपडेट
श्रीपेज २४ मंसिर २०७८

ग्लोबल आईएमई बैक गाईघाट शाखाकाे ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण

उदयपुर, २४ मंसिर

ग्लोबल आईएमई बैक गाईघाट शाखाले आफना ग्राहकहरूलाई बितीय साक्षरता तथा डिजीटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएका छन । बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारकाबारेमा जानकारी गराइएको हाे ।

ग्लोबल आईएमई बैकले आफ्नो ग्लोबल एप्सकाेबारेमा जानकारी दिएकाे हाे । डिजिटल कारोबार गर्दा के-के कुरामा ध्यान दिन पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएका थिए । मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरेको छ ।

त्यसैगरी मोबाइल बैकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएकाे छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ

Maruti Cement