ताजा अपडेट
श्रीपेज १६ चैत्र २०७८

ट्वीटरसँग एलन मस्कको खटपट, आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै

श्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ ।

केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गरेका हुन् ।

मस्कको उक्त ट्वीटपछि उनका साथी प्रनय प्याथोलले सोधेका छन्- के तपाईं वाक स्वतन्त्रतालाई प्राथमिकता दिने र निकै कम प्रोपोगाण्डा फैलाउने एक प्लाटर्फम सुरुवात गर्दै हुनुहुन्छ ? सो प्रश्नको जवाफमा मस्कले आफूले यो विषयमा गम्भीर रहेको बताएका छन् ।

पछिल्ला दिनमा मस्कले ट्वीटरको एल्गोरिदमको आलोचना गरेका थिए । एलन मस्कका अनुसार कामयावी प्रजातन्त्रका लागि वाक स्वतन्त्रता आवश्यक छ ।

उनले गतहप्ता एउटा मत सर्भेक्षण पनि गरेका थिए ट्वीटरमा जसमा ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पूर्णपालना गर्छ कि गर्दैन भनेर सोधिएकेा थियो । उक्त सर्भेक्षणमा २० लाख भन्दा धेरैले भोट गरेकोमा ७० प्रतिशतले ट्वीटरले वाक स्वतन्त्रता सिद्धान्तको पूर्ण पालना नगरेको बताएका थिए ।

एलन मस्कको उक्त ट्वीटसँगै उनले आफ्नै नयाँ सोसल मिडिया सुरु गर्ने चर्चा परिचर्चा सुरु भएको छ । कतिपयले त मस्कको सोसल मिडियाको नाम पनि जुराइसकेका छन् ।

कतिपयले त मस्कले ट्वीटर नै खरिद गरिदिनुपर्ने बताएका छन् । ट्वीटर र अनय सोसल मिडिया प्लाटर्फमको एल्गोरिदमका विषयमा यसअघि पनि आलोचना हुने गरेको छ । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नै सोसल मिडिया प्लाटर्फम ट्रुथ सोसल सुरु गरेका छन् ।

Maruti Cement