ताजा अपडेट
श्रीपेज ३ असार २०७९

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

काठमाडौँ, ३ असार :
काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो ।

काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।

Maruti Cement