ताजा अपडेट
श्रीपेज
४ श्रावण २०७९
काठमाडौँ, २०७९।०४ ।०४
काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा पशुपति टाइम्स डट कमका सम्पादक सन्तोष भण्डारी माथिभएको दुर्व्यवहारको घटनाप्रति समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले भर्त्सना गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । पत्रकार भण्डारीका अनुसार श्रावण ३ गते मंगलबार ५/३० बजेतिर बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा स्थानीयवासीले भोगेका समस्या अवगत गराउँदै गर्दा मेयर अधिकारीका आफन्त बताउने रबिन्द्र अधिकारी भन्ने व्यक्तिले उनलाई दुर्ब्यबहार गरि कार्यालयबाट बाहिर निकाल्न खोजेका थिए । समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले जनप्रतिनिधिहरूको उपस्थितिमा, कुनै पनि बहानामा यस किसिमको दुर्व्यवहार हुनु निन्दनीय बएको बताउंदै भत्सर्ना गरेको छ ।
