ताजा अपडेट
श्रीपेज ८ असार २०७९

‘मिस वर्ल्डमा एउटा न एउटा विधा जितेर आउँछु’

उमेरले भर्खरै २४ पुगेकी भए पनि मिस नेपाल प्रियंकारानी जोशीको विचार परिपक्व मान्छेको भन्दा कम छैन । शब्दप्रतिको इमान्दारिता र शब्दको शक्तिबारे उनले दिएको उत्तरले मिस नेपालको क्राउन पहिर्‍यायो । पत्रकारिताकी यी विद्यार्थी ‘वाचाल’ सुनिन्छिन् । मिस नेपाल भएपछि अनलाइनखबरसँग पहिलो अन्तर्वार्ता दिंदै प्रियंकाले मिस नेपालको यात्रा, विश्व सुन्दरी प्रतियोगिताको तयारी र निजी जीवनबारे कुराकानी गरिन् । प्रस्तुत छ, मिस नेपाल प्रियंकारानी जोशीसँग गरिएको कुराकानीको सम्पादित

ओभरनाइट एउटा ठूलो इभेन्ट सम्पन्न हुन्छ र अर्को बिहान तपाईं समाचारको हेडलाइन बन्नुहुन्छ । तपाईंका लागि यो एउटा रमाइलो मात्र हो वा चुनौती पनि ?

पक्कै पनि च्यालेन्ज हो । ओभरनाइट रोल मोडल त बनें, तर म पहिल्यैदेखि सपना बोकेर आएकी थिएँ । एक महिनासम्म जुन भारी बोकें, जसरी मैले कम्पिटिसनमा भाग लिएँ, त्यो लामो समय थियो मेरा लागि । मेरा लागि यो जंग नै लडेर आएजस्तो भएको छ मेरो लागि ।

रमाइलो त होइन, मेरो लागि च्यालेन्ज नै थियो । एउटा युद्ध नै लडेर आएको जस्तो भएको छ । म बाहेक अरु प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो, मभन्दा धेरै राम्रो र म भन्दा धेरै पढेको हुनुहुन्थ्यो । मेरो बल हो कि मेरो भाग्य भनुँ । फन होइन, च्यालेन्ज नै थियो ।

ताज जितेको भोलिपल्टको बिहानीमा तपाईं के सोच्दै हुनुहुन्थ्यो ? यो हुनु नै थियो अर्थात् तपाईं यसका लागि योग्य हुनुहुन्थ्यो ?

मलाई लाग्छ, वास्तवमै म योग्य थिएँ । मैले यसको लागि कठिन मेहनत गरेकी थिएँ । अरुले पनि उत्तिकै हार्डवर्क लगाउनुभएको छ, तर मेरो लागि म योग्य थिएँ । अर्को दिनको बिहानको ब्रेकफास्टको कुरा गर्दा मलाई के कुरामा खुसी लाग्यो भने म बाहिरी हल्लाभन्दा टाढै बसें त्यो रात चाहिं । किनभने फोन पनि मसँग थिएन । भाग्य भनौं कि संयोग यसले अलिकति पनि फरक पर्‍यो होला किनभने त्यो ब्रेकफास्ट अघिपछि ट्रेनिङमा गएकोजस्तै महसुस भयो ।

अवसर पनि ल्याउँछ र डटेर काम गर्न सकेन भने मुस्किल पनि हुनसक्छ । भए हुन्छ, नभए आफ्नो बेस्ट दिएर आउँछु भन्ने मनोबल बनाउँछु । आशा छ, मिस वर्ल्डबाट एउटा न एउटा विधा जितेर आउँछु भन्ने मनोबल बनाएकी छु ।
मिस नेपालको क्राउनलाई कसरी लिनुहुन्छ तपाईं ?

मेरो मिस नेपालको क्राउन पक्कै पनि भारी छ । त्योसँगै आउने दायित्वले पनि त्यो भार अझै बढेको छ । प्रत्येक डायमण्ड, प्रत्येक जेम र त्यहाँ पोतिएको सुनको हरेक औंसले अन्य २३ जना प्रतिस्पर्धीको प्रतिनिधित्व पनि गर्छ । अरुले देखेको सपना पनि बोकेर म अब आउने अन्तर्राष्ट्रिय प्लेटफर्ममा जाँदैछु ।

साथै, नेपाललाई पनि चिनाउने ठूलो मौका पाएकी छु । यसमा पनि म लागेरै काम गर्नेछु । मिस नेपालमा जसरी आफ्नो प्रतिनिधित्व गरें, त्यो भन्दा तगडा हिसाबमा अन्तर्राष्ट्रिय स्तरमा पनि त्यसरी नै भाग लिनेछु । यो साह्रै नै भारी भएको छ मलाई । साथै खुसी पनि छ । रमाइलो पनि छ ।

तीन शब्द, जसले प्रियंकालाई वर्णन गर्छन् ?

लगनशील, विश्वसनीय र भाग्यमानी ।

भाग्यमानी किन ?

भाग्यले मलाई एक प्रतिशत पनि साथ नदिएको भए म यहाँसम्म आउँदिन थिएँ जस्तो लाग्छ । कडा मेहनत र प्रतिबद्धता आफ्नो ठाउँमा छ, भाग्यले पनि साथ दिनुपर्दो रहेछ । त्यस दिनदेखि मैले आफूलाई साह्रै भाग्यमानी महसुस गरिरहेकी छु ।

अन्तिम १२ मा प्रवेश गरेपछि आफूलाई कसरी तयारी गर्नुभयो ? मिस नेपालमा आउनुअघि के अलग्गै ट्रेनिङ पनि लिनुभएको थियो ?

मिस नेपालकै लागि भनेर तालिम चाहिं लिन पाइनँ । तर म मिस नेपालमा आउँछु भनेर मानसिकता चाहिं बनाइसकेकी थिएँ । त्यही भएर पत्रकारिता र मिडियामा काम पनि गरें । बोल्दा मिलाएर र जोगिएर बोल्न पनि सिकें । टप १२ मा आइसकेपछि म फिनालेमा छु जस्तो लागेन । हरेक कदम रिहर्सलले नै मलाई बलियो बनाएर राखेको थियो ।

टप १२ मा पुग्दा मलाई त्यही रिहर्सल गरिरहेको जस्तो लाग्यो । प्रश्न सोध्दा पनि आफ्नै दाइसँग बोलेकोजस्तो वातावरण बनेको थियो । त्यो राउन्डमा एकदमै अन द स्पट भएर उत्तर दिएजस्तो लाग्छ । टप १२ मा एकदमै सहज भयो ।

फिनालेमा कतै मैले जित्दिन कि भनेर ‘डाउटफुल फिलिङ’ आयो कि आएन ?

एउटा सानो कुरा भन्छु, त्यो बिहानदेखि मैले आफूलाई एकदमै लक्की ठानेकी थिएँ । मैले साथी श्रेयालाई पनि भन्दै थिएँ कि मलाई आज एकदमै लक्की फिल भइरहेको भनेकी थिएँ । उनले पनि लक्की फिल भएको त राम्रै हो, राम्रैसँग प्राक्टिस गर न त भनेर भनेकी थिइन् । सोहीअनुसार स्टेजमा वाक गर्दा पनि मैले आफूलाई लक्की महसुस गरें । सोहीअनुसार आज यहाँ उभिएकी छु । यसकारण मोमेन्ट अफ डाउट चाहिं आएन ।

मिस नेपालमा भाग लिनुमा पनि केही उद्देश्य हुन्छ । प्रियंकाले मिस नेपालमा भाग लिनुको उद्देश्य के छ ?

मिस नेपालजस्तो ठूलो प्लेटफर्म पाउन एकदमै गाह्रो छ । हामीले सम्भाव्यता बुझेका छैनौं होला । मिस नेपालले एउटी युवतीलाई दिने जुन प्लेटफर्म छ, सही हिसाबमा प्रयोग भयो भने सानो विचार र सानो सपना बोकेको एउटा युवतीलाई कहाँ पुर्‍याउन सक्छ यसले भन्ने कुराको म्याग्निच्युड जुन छ त्यसलाई मैले बुझेको छु । यो प्लेटफर्मले यात्रा कहाँ पुर्‍याउँछ, अवसर कस्तो ल्याउँछ भन्ने कुरा मैले बुझन सके किँ भन्ने लाग्छ ।

मिस नेपाल भन्ने बित्तिकै देशको प्रतिनिधित्व गरेर बाहिर जाने अवसर भयो, साथै आउने एउटा पहिचान हुन्छ नि त्यसले एड्भोकेसीलाई सपोर्ट हुन्छ । त्यही भएर नि मैले मिस नेपालमा भिड्न चाहें । त्यसबाहेक मिस नेपाल एउटा प्लेटफर्म हो, जहाँ हरेक विधाको मान्छे आउनुहुन्छ । सबै विधाको मान्छे आउने बाटो भेटेपछि म खुसी भएर आबद्ध भएकी हुँ ।

मिस वर्ल्डको आगामी संस्करणमा नेपालको प्रतिनिधित्व कसरी गर्ने सोच्नुभएको छ ?

ठोस योजना छैन होला, तर सोच चाहिं बनाएको छु । त्यहाँ हुने प्रमुख तीन टाइटलमा डटेर लाग्ने सोच बनाएकी छु । ब्युटी विथ पर्पससँगै टप मोडल भन्ने पनि हुँदो रहेछ । त्यहाँ डिजाइनर्स लुगादेखि वाकसम्म हेर्दो रहेछ । यो दुवै विधाबाट जाँदा सिधै टपटेनमा पुग्ने अवसर पनि रहेछ । यी दुई विधामा एकदमै राम्रो गरेर देखाउन खोज्छु ।

यसबाहेक ट्यालेन्ट राउन्ड, स्पोर्ट्स राउन्डमा होस् सबैमा डटेर हरेक देशसँग लडेर काम गर्न पाऊँ । बोल्ने अवसर पाएँ भने हाम्रो प्रतिनिधित्व बलियो हुन्छ कि भन्ने लाग्छ । यो कार्यको लागि म करेन्ट अफेयर्सदेखि शारीरिक र मानसिक रुपमा तयारी गर्दैछु । फिजिकलको लागि जिम जाने त भइहाल्यो ।

मेन्टल्ली पनि निकै बलियो हुनुपर्ने रहेछ । सानोतिनो प्लेटफर्म होइन नि । अवसर पनि ल्याउँछ र डटेर काम गर्न सकेन भने मुस्किल पनि हुनसक्छ । भए हुन्छ, नभए आफ्नो बेस्ट दिएर आउँछु भन्ने मनोबल बनाउँछु । आशा छ, मिस वर्ल्डबाट एउटा न एउटा विधा जितेर आउँछु भन्ने मनोबल बनाएकी छु ।

प्रियंकासँग त्यस्तो के ‘एक्स-फ्याक्टर’ छ जसले गर्दा मिस वर्ल्डमा केही न केही जित्छु भन्ने लाग्छ ?

मिडिया इन्टर्नसिप गर्दा सबैमा पोख्त नभए पनि केही न केही अनुभव त सँगालेकी छु । मिस नेपाल स्टेजमा पनि एक स्टेपअघिको अनुभवले एक्स-फ्याक्टर दिएको जस्तो लाग्छ । यिनै अनुभवको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि यिनै अनुभवसहित एक्स-फ्याक्टर दिने काम गर्छु ।

आम जनताले मिस नेपाल भनेपछि कसरी बुझेजस्तो लाग्छ ? नारीलाई गलत रुपमा प्रस्तुत गरेको भन्दै कतिपयले गरेको विरोधप्रति तपाईंको टिप्पणी के छ ?

मान्छेहरुको आ-आफ्नो विचार हुन्छ र अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । उहाँहरुलाई के कुरा मन परेन, त्यो देखाएर विरोध प्रदर्शन गर्नुभयो । सल्लाह सुझाव दिनु पनि उहाँहरुको प्रोटेस्ट नै होला । तर स्वतन्त्रतापूर्वक छनोट गर्ने हाम्रो अधिकारले चाहिं यो प्लेटफर्मको भार अर्थात् यसको अवसर बुझेर हामीले यसलाई छनोट गर्‍यौं । आम मानिसले हामीलाई एकदमै मन पराउनुहुन्छ । हामी निराश चाहिं हुँदैनौं । उहाँहरुको सल्लाह सुझावले हामीलाई आउँदा दिनमा पनि राम्रो हुन्छ । उहाँहरुको सल्लाह भनेको हामीलाई माया हो ।

कतिपय पूर्वमिस नेपाल आफ्नै पेशा-व्यवसाय र फिल्म क्षेत्रमा पनि आउनुभएको छ । तपाईंको योजना के छ ?

फिल्ममा आउने मेरो योजना चाहिं छैन, किनकि फिल्म राम्रो र ठूलो उद्योग हो । कति जनाले यहींबाट पैसा कमाउनुभएको छ । म यत्तिकै आउनुभन्दा ट्रेनिङ लिएर आउनुभएका व्यक्तिहरु आउँदा अझ राम्रो होला । तर पनि म एक्टिङमा पोख्त छु जस्तो पनि लागेन । त्यो बाहेक मेरो पनि व्यवसाय छ । म मम-ड्याडकै बिजनेसमा पनि काम गरिरहेकी छु । तिनै कामलाई अघि बढाउँदै जान्छु ।

एक वर्ष मिस नेपालमा डटेर लाग्छु । त्यसबाहेक मेरो योजना के छ भने अमेरिकामा जीआईए भन्ने एउटा इन्स्टिच्युट छ । त्यहाँ गएर राम्ररी पढेर आउँछु, त्यहाँको सोच र पढाइ ल्याएर यहाँ पनि गरगहनाको बिजनेसको स्कोप धेरै छ । त्यसलाई राम्ररी अघि बढाउँछु भन्ने मेरो योजना छ ।

Maruti Cement