ताजा अपडेट
श्रीपेज ८ असार २०७९

भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार

दमौली, ८ असार (रासस) ः
news_content: भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन हुनुभएको छ । सङ्घको तेस्रो अधिवेशनबाट उहाँ पुनः सो पदमा चयन हुनुभएको हो ।सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन हुनुभएको छ ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल सङ्घका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष नवीन गुरुङलगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Maruti Cement