ताजा अपडेट
श्रीपेज १५ जेष्ठ २०७९

बाह्रै महिना संचालन हुने जुत्ता मेलाको आयोजना प्रति फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन को आपत्ति

मिति : २०७९/०२/१३
प्रेश विज्ञप्ती

स्वदेशी उत्पादनको प्रवद्र्घन गर्न आम उपभोक्ताहरुको बिचमा आफ्ना उत्पादनहरु परिचित गराउने, उपभोक्ताहरुको सुझाव र प्रतिक्रिया प्राप्त गर्दै आफ्ना उत्पादनलाई अझ परिस्कृत गर्दै लैजान स्वदेशी उत्पादनको प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गर्ने गरिन्छ ।

त्यसै गरि आफ्ना उत्पादनहरुलाई सोझै उपभोक्ताहरु बिचमा पुर्‍याई स्वदेशी उत्पादन प्रति उपभोक्तको रुची जगाउन तथा विविध कारणले आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा आर्थिक गतिविधि चलायमान बनाउन पनि विभिन्न प्रकारका मेला तथा business expo फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गर्दै आएको छ । तर स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटी मण्डपमा बाह्रै महिना संचालन हुने जुत्ता मेलाको सन्दर्भमा यो एशोसिएसनको सधैं विमती रहेको छ । उद्योगी व्यवसायीहरुको हित र स्वदेशी उत्पादनको प्रवद्र्घनको निमित्त संघकै आयोजनामा काठमाडौं उपत्यकामा वर्षमा २ पटक सबै उद्योगीहरुलाई समेटेर Business Expo र १ पटक अन्तर्राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी आयोजना गरि बाह्रै महिना संचालन हुने भृकुटी मण्डपको मेलालाई निरुत्साहीत गर्न पटक पटकको छलफल पश्चात एशोसिएसनका सदस्यहरु सहमत भई एशोसिएसनले वैधानिक व्यवस्था समेट गरि सोही अनुरुप कार्यान्वयन समेत हुदै आएकोमा सहमती विपरीत केही उद्योगी व्यवसायीहरुले पुन: जुत्ता मेला संचालन गरेको प्रति एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ ।

बाह्रै महिना दोकानको रुपमा संचालन गरिने यस्ता मेलाले औद्योगिक प्रदर्शनीलाई खल्लो बनाउने त छदैछ, प्रदर्शनीको पार्किङ्गको रुपमा मात्र भाडामा दिन् पर्ने गेट निरको ठाँउलाई सामान बिक्री वितरण गर्ने गरि भृकुटी मण्डप संचालन कार्यालयले भाडामा दिइएकाले स्वच्छ व्यावसायिक वातावरणमा असर पर्न गइरहेको छ । ५ वटा कम्पनी मिलेर बाह्रै महिना मेला त्यो पनि दोकानको रुपमा लगाउने र त्यसमा पनि केही कम्पनीले विदेशी ब्राण्डका सस्ता जुत्ता बिक्रि वितरण गर्ने हुनाले संघ त्यस्ता गतिविधि माथि खेद प्रकट गर्दछ । यस्ता खाले मेला प्रति एशोसिएसनको कुनै संलग्नता नभएको र बाह्रै महिना मेला संचालन हुँदा स्वदेशी उत्पादनको लोकप्रियतामा समेत आँच आउने भएकोले यस्ता गतिविधिमा संलग्न नहुन एशोसिएसन अपिल गर्दछ । संघका सदस्यहरुबाटनै सहमती विपरित हुने गरेका यस्ता गतिविधि प्रति संघले आवश्यक प्रकृया अगाडी बढाउने व्यहोरा समेत विज्ञप्ती मार्फत जानकारी गराइन्छ । संघको आधिकारीक व्यवस्थामा संचालन हुने मेला महोत्सव बाहेक अन्य मेलामा बिक्रि वितरण गरिने वस्तु तथा सबै उद्योगी व्यवसायीलाई एउटै नजरले नहेर्न र भ्रममा नपर्न स्वदेशी उत्पादनलाई माया गर्ने सम्पूर्ण उपभोक्ताहरु प्रति हार्दिक अपिल गर्दछौं ।

नानि राज घिमिरे
अध्यक्ष

Maruti Cement