ताजा अपडेट
श्रीपेज १९ बैशाख २०७९

कस्तो छ नेकपा एस, बुनपा १२ को टीम

May be an image of 7 people and text

वडा अध्यक्ष

पुरुषोत्तम नेपाल

May be an image of 1 person, standing, flower and outdoors

नेकपाएमालेका तत्कालीन वडा कमिटी अध्यक्षतथाबुनपा १२ का २०७४ मा निर्वाचितजनप्रतिनिधि पुरुषोत्तम नेपालले पार्टीबाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका हुन् । २०३८ सालमासिन्धुपाल्चोक जिल्लाको तत्कालीनसिन्धुकोट गाविसमाजन्मिएका नेपालले सिन्धुपाल्चोकबाटै शिक्षाको प्रारम्भ गर्दै काठमाडौं,े रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका छन् । विद्यालयशिक्षाको बीचमा केहीवर्ष उनले झापामापनिअध्ययन गरेका छन् । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका नेपाल सहकारी क्षेत्रमापनिक्रियाशील छन् । काठमाडौं बचत तथा ऋण सहकारी संस्था (कास्कून) का सञ्चालक समेत रहेका नेपालले सहकारी व्यवस्थापनको क्षेत्रमाकरिब डेढ दशकआफ्नो कार्यक्षमता प्रस्तुत गरेका छन् । २०७४ सालको जनप्रतिनिधिको रुपमा वडाभित्र रहेका कतिपय समस्याको समाधानमाआफ्नो भूमिका देखाएका छन् भने कतिपय समस्याको पहिचान गरेका छन् । वडा अध्यक्षशासकनभएर एउटा कुशलव्यवस्थापक र असल समाजसेवी हुनुपर्छ भन्ने धारणा राख्ने नेपाल वडा सदस्यहरुको नेतृत्वविकासमा वडा अध्यक्षले ध्यान पु¥याउनुपर्ने मान्यता राख्दछन् ।
वडा अध्यक्षको रुपमा ठूला योजनावितरण गर्ने हैन कि वडावासीका साना साना सुविधामाध्यानदिनुपर्ने बताउँछन् । ज्येष्ठ नागरिकमैत्री वडा कार्यालय, अपांग मैत्री वडा कार्यालय नहुन्जेलतत्कालीन सहजताकाआधारमा सुविधाउपलब्ध गराउनुपर्ने नेपाल बताउँछन् ।

रामसुन्दर अधिकारी (सुवर्ण)
वडा सदस्य
२०२९ सालमा काठमाडौंको साविककपन वडा नं. १ मा जन्मिएका रामसुन्दर अधिकारी वडाभित्र सुवर्णको नामले बढी परिचित छन् । बौद्धस्थित महेन्द्र बौद्ध माविबाट औपचारिक अध्ययनप्रारम्भ गरेका अधिकारीले एसएलसीभने कपनग्रामशिक्षा मा.वि.बाट उत्तीर्ण गरेका छन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि व्यवसायिकजीवनमाप्रवेश गरेका अधिकारी हालव्यवस्थापन संकायमा स्नातकतहमाअध्ययनरत छन् । सहकारी क्षेत्रमालामो समयदेखि कार्यरत अधिकारीको वडाभित्रै पुष्पव्यवसाय (नर्सरी), गाडी वासिङको व्यवसायमा छन् भने उनले परिवारकोे सहयोगमा घरमै नमुना कौसी खेती गरिरहेका छन् । साथै अन्य कृषिव्यवसायमासमेत उनी संलग्न रहेका छन् । कपन जोरधारा खानेपानी संरक्षण संस्थाको कार्यसमिति सदस्यको जिम्मेवारी निभाइसकेका अधिकारी हालकपन संगीत सरोवरको संस्थापक सदस्यतथा संरक्षक, माताबालकुमारी मन्दिर संरक्षण समितिको सचिव, यज्ञमती टोल सुधार समितिको कोषाध्यक्ष, लायन्स क्लबअफकपन काठमाडौंको सल्लाहकार समेत रहेका छन् ।
२०४६ सालको जनआन्दोलनदेखि राजनैतिकआन्दोलनमाहोमिएकाअधिकारी पार्टीको विभिन्नभूमिकामा रहेर हाल नेकपा एस को नगर कमिटी सदस्य रहेका छन् । यस वडाको पुरानो बस्तीका समस्या, चुनौतीतथा समाधानकाउपाय समेत पहिल्याएकाअधिकारी सहकारीका माध्यमबाट समृद्धिको यात्रा तय गर्न सकिनेमा विश्वस्त छन् ।

कुमार पुडासैनी
वडा सदस्य

No photo description available.
२०४२ सालमाओखलढुङ्गामा जन्मिएकाकुमार पुडासैनीबारा हुँदै ५० को दशकदेखि काठमाडौंको कपन क्षेत्रमाबसोबास गरिरहेका छन् । एसएलसी सम्मको अध्ययन पुरा गरेका पुडासैनी सहकारी क्षेत्रमा समेत सक्रिय छन् । किरानाव्यवसाय, पुजा सामाग्रीव्यवसायलगायतका सानाव्यापारीको रुपमाव्यवसाय गरिरहेका पुडासैनीहालखरिबोटमा व्यवसाय सञ्चालन गरिरहेका छन् । सिमलटार, खरिबोट, सुबिगाउँलगायतका वडाभित्रको क्षेत्रहरुको समस्याको पहिचान गरेका पुडासैनीसानाव्यवसायीको समस्याकाबारेमा समेत जानकार छन् र तीतमाम समस्याको समाधानकाउपायकाबारेमा समेत उनीजानकार छन् । विद्यार्थीकाल देखिनै वामपन्थी राजनीतिमाझुकाव राख्ने पुडासैनीवामबन्थीको पार्टीको विभिन्नभूमिकामा रहिसकेका पुडासैनीहाल नेकपाएसको बुढानीलकण्ठ नगर कमिटीको सदस्य रहेका छन् ।

अनिता ढकाल चौंलागाईं
महिला वडा सदस्य
२०४४ सालमासिन्धुपाल्चोक जिल्लाको साविकफटकशिलामा जन्मिएकीअनिता ढकाल ओखलढुङ्गा प्राप्चाकाप्रकाश चौंलागाईंसँग विवाह गरेपछि काठमाडौंको कपनमाबसोबास गर्न थाल्नुभएको हो । सिन्धुपाल्चोकबाटै विद्यालयतह उत्तीर्ण गरेकी ढकालले शिक्षा संकायमादश जोड दुइसम्मको अध्ययन गर्नुभएको छ । विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमाझुकाव राख्ने ढकालले किरानाव्यापारको समेत अनुभव सँगाल्नुभएको छ । हालनवदुर्गा नीलोमाइक्रो पार्कमा फेन्सीव्यवसाय सञ्चालन गरिरहेकी ढकाल सानाव्यवसायीको समस्याको बारेमा जानकार ढकाल पायोनीयर टोल, दुर्गा मन्दिर, नीलो माइक्रोपार्क लगायतका छेउछाउका समस्याहरुकाबारेमा समेत जानकार हुनुहुन्छ । हाल ढकाल नेकपाएसको वडा कमिटी सदस्य हुनुहुन्छ ।

विष्णुमाया सुनार्नी
दलितमहिला सदस्य

२०२६ सालमासिन्धुपाल्चोक जिल्लाको इचोकमाजन्मिएकी सुनार पचासको दशकदेखि काठमाडौंको कपनमाबसोबास गर्नुभएको हो । वामपन्थी राजनीतिसम्बद्ध परिवारको सदस्य सुनार परिवार समेतको सहयोगमागहनानिर्माण व्यवसायमा हुनुहुन्छ ।

 

 

 

Maruti Cement