ताजा अपडेट
श्रीपेज २९ चैत्र २०७८

प्रतियोगिता भन्दा अदालती झमेला धेरै

२९ चैत, काठमाडौं । वर्ष २०७८ नेपालको खेलकुद मूलतः अदालतको झमेलामै रुमल्लियो । कोरोना महामारीपछि तंग्रिने तयारीमा रहेको खेलकुदमा अदालती उल्झनले ठूलो असर गरेको छ ।

कोरोना महामारीको दोस्रो लहरले वर्षको सुरुवाती पाँच महिना खेलकुद क्षेत्र पनि सकसपूर्ण रहृयो । घरेलु प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सहभागिता ठप्प थिए । भदौमा ओलम्पिक सहभागिताबाहेक यसबीचमा ठूला प्रतियोगिता हुन सकेनन् ।

असारमा संघीय सरकार परिवर्तन भएपछि पुराना नियुक्तिहरु खारेज गर्ने नीतिको असर खेलकुदमा पनि देखियो । सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)का कार्यकारी सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गरेसँगै नियामक निकाय नेतृत्वविहीन अवस्थामा पुगेको हो ।

२०७७ असारमा जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयन, नवौं राष्ट्रिय खेलकुद आयोजना र १९औं एसियाली खेलकुदको तयारी सुरु गर्नुपर्ने महत्वपूर्ण समयमा सरकारले राखेप नेतृत्वमा हस्तक्षेप गर्दा पाँच महिनासम्म खेलकुदको नीतिगत कामहरु ठप्पजस्तै बने ।

Maruti Cement