ताजा अपडेट
श्रीपेज १९ माघ २०७८

कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान

हुम्ला, १९ माघ

हुम्लाका ताजाकोट गाउँपालिकाको लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणमा श्रमदान अभियान थालिएको छ ।

नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ ।

एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए ।

Maruti Cement