श्रीपेज
४ माघ २०७८
काठमाडाैं, ४ माघ
न्युज कारखानाबाट नियमित उत्पादित समाचार सामग्रीबाहेक तपाई आफ्नो मिडियाका लागि ‘विशेष सामग्री’ उत्पादन होस् भन्ने चाहनु हुन्छ ? यदि तपाई त्यस्ताे चाहनु हुन्छ भने न्युज कारखानाले तपाईहरूका अर्डरअनुसारका समाचार उत्पादन गरेर अब पठाउने नयाँ प्रयोगको सुरुवात गर्न लागेको छ ।
त्यसका लागि तपाईले न्युज कारखानाको होमपेजमा गएर Demand Content (डिमान्ड कन्टेन्ट) मा क्लिक गरेर आफ्ना लागि मात्रै स्टोरी अर्डर गर्नुहोस् र सो स्टोरी हामी उत्पादन गरेर तपाईको मिडियाका लागि मात्रै पठाइदिनेछौं ।
तपाईले स्टोरी अर्डर गरिसकेपछि त्यसका बारेमा न्युज कारखानाको सम्पादकीय रूम र व्यवस्थापन पक्षबीच छलफल भएपछि तपाईलाई खबर गर्नेछौं । त्यसपछि न्युज कारखाना र तपाईको मिडियाबीच आपसी सहमति गरेपछि मात्रै तपाईको मागअनुसार स्टोरी उत्पादन गरेर पठाउने छौं ।
नेपालमै पहिलोपटक हुन लागेको यो नयाँ प्रयोगबाट तपाईले आफूले साेचे र चाहेकाे जस्ताे समाचार पाउनु हुने छ ।