ताजा अपडेट
श्रीपेज
४ माघ २०७८
उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको पुर्बि भेगको कागेश्वरी मनहरा नगरपालीको वडा नम्बर–४ ब्रह्मखेलमा सदस्यहरुको सुविधाका लागि सदस्य सेवा केन्द्र संचालनमा ल्यायको छ ।
सदस्य सेवा केन्द्रको उदघाटन कागेश्वरी मनोहरा नगरपालीका मेयर कृष्णहरि थापाले गर्नु भएको थियो । कार्यक्रममा शुभकामना दिदै थापाले पुर्बि भेगको अबल सहकारी बन्ने विस्वास बेक्त गरे । सदस्यको सेवामा दतचित्त भएर लागे संस्था सधै सफल हुने समेत उनले बताए ।
सदस्य सेवा केन्द्रको उद्घाटनमा बोल्दै संस्था अध्यक्ष रमेशप्रसाद तिमल्सिनाले पूर्वी भेगका आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी साकोसले सेवा केन्द्र विस्तार गरी कारोवार सञ्चालनमा ल्याएको बताए । संस्थाको नीतिअनुसार सदस्य बढी रहेका क्षेत्रमा यसरी नै सेवाकेन्द्र विस्तार गरिदै लैजाने बताए ।