ताजा अपडेट
श्रीपेज २३ पुष २०७८

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्विरोध निर्वाचित, अशोक खड्का सचिव, अन्य पदाधिकारीमा को को ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन (नेपाल बीमक संघ) को दुई आर्थिक बर्षको साधारणसभाले नयाँ नेत्तृव चयन गरेको छ। उक्त सभाले अध्यक्षमा चंकी क्षेत्री निविरोध चयन गरेको छ।

सभाले उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका हुन् । बीमक संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सिईओ कुमार खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संघठन नेपाल बीमक संघका पदाधिकारीहरुले सबैको नाम आपसी सहमतिमा तय गरेका हुन् ।आजको सभाले कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व सम्बन्धी प्रस्ताव समेत सभामा अगाडि बढाउने वा नबढाउने भन्ने प्रस्तावलाइृ पनि अन्तिम निर्णय दिने भएको छ। उक्त प्रस्ताव पारित गर्न बींमक संघले होटल व्याडिसनमा बेलुका सबै निर्जिवन कम्पनीको सहमतीमा उक्त प्रस्ताव अघि बढाउने भएको छ ।

Maruti Cement