श्रीपेज
१४ मंसिर २०७८
सामान्यतः कलाकारहरूको प्रेम सम्बन्धको चर्चा हुनु स्वाभाविक हो । नायिका नीता ढुङ्गाना र कलाकार तथा ज्योतिष हरिहर अधिकारीको लुकाएर पनि लुक्न नसकेको प्रेम सम्बन्धबारे सबैजना परिचित नै छन् ।
यस्तै कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटी पनि प्रेम सम्बन्धमा रहेको चर्चा छ । यता लगभग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकाे नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठकाे जोडी आफूहरू साथीमात्रै रहेको बताउँदै आएका छन् ।
अहिले सामाजिक सञ्जालमा रियाशा र चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालकमध्येका एक भिक्टर पौडेल प्रेम सम्बन्धमा रहेको गसिप चलिरहेको छ ।
पूजा देवकोटाको आवाजमा रहेको गीत ‘मुटु द्याछु तिमीलाई मन द्या छु, धोका दिन पाउँदैनौ भन्द्या छु’ मा रियाशाले भिक्टरसँग बनाएको टिकटक भिडियो अनि फेसबुकमा रियाशा र भिक्टरले एकअर्काको पुरानो फोटोलाई ट्रोल गर्दै पोस्ट गरेका कारण यो गसिप सिर्जना भएको हो ।
सामाजिक सजालमा निक्कै नजिकको व्यवहार देखाए पनि प्रायः सेलिब्रेटीहरू आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्दा फ्यान क्रेज कम हुनसक्ने बुझाइ राख्छन् । यही कारण हुनसक्छ रियाशा र भिक्टरले पनि आफ्नो प्रेम सम्बन्ध सार्वजनिक रुपमा खुलाउन चाहेका छैनन् ।
अब रियाशा र भिक्टर साँच्चै प्रेम सम्बन्धमा छन् वा गसिपको हेडलाइन पाउनका लागि यसो गरिरहेका छन् ? त्यो त उनीहरू नै जानून् । तर सामाजिक सञ्जालमा ‘रुटिने दाइ र रियासा दिदीको प्रेम चर्चा’ निकै चलिरहेको छ।