ताजा अपडेट
श्रीपेज
९ मंसिर २०७८
९ मंसिर, चितवन ।
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् ।
महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केही पदहरुमा निर्वाचन हुन सक्ने बताए ।
तपाईं कुन पदमा उठ्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले आफू कुन पदमा उठ्ने भन्नेबारे कुनै तयारी नगरेको बताए ।