ताजा अपडेट
श्रीपेज
५ मंसिर २०७८
०५ मंगसिर, इलाम, २०७८ | इलाम नगरपालिका वडा नम्बर १२ सान्गरुम्बा बस्ने कांग्रेस कार्यकर्ता बिशाल लिम्बु माथी माओवादी विप्लब कार्यकर्ताद्वारा आक्रमण भएको छ । घरमा बसिरहेका लिम्बुलाई विप्लब समुहका कार्यकर्ताहरुले आर्थिक सहयोगको लागी दबाब दिएको थियो भने लिम्बुले नदिने बताए पछि उनीमाथि लाठीद्वारा आक्रमण भएको बताइएको छ । ज्यान जोगाउन लिम्बुले छिमिकी गुहारे पछि छिमेकीहरु गंगा बहादुर लिम्बु, आइत बहादुर लिम्बु तथा लब कुमार लिम्बु समेत उनका घरमा पुग्दा विप्लब कार्यकर्ता भागेका थिए । बिशाल लिम्बुको शरीरका विभिन्न भागमा चोट लागेकोले अहिले उनको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
लिम्बुमाथी आक्रमण भए पछि उनले जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी गरेको कुरा जिप्रका इलामका प्रमुखले पुस्टि गर्दै आक्रमणकारीको खोजी भइ रहेको जानकारी गराए ।