ताजा अपडेट
श्रीपेज ११ कार्तिक २०७८

थुनुवाका निवेदन र नयाँ दर्ता भएका मुद्दा जबराले राखे आफ्नै इजलासमा

यो सामग्री अडियोमा सुन्नुहोस् ।

Jabara kept the petition of the detainee and the newly registered case in his own court

११ कात्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका छन् । उनले विहीबार ३ जना थुनुवाको मुद्दा पेशी तोकेका छन् ।

साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको विषय जोडिएको लगायतका मुद्दा जबराले आफ्नै इजलासमा राखेका हुन् ।

आजै सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकाले शोकप्रस्ताव पारित हुने भएकाले आज इजलास बस्ने सम्भावना भने छैन ।

Maruti Cement