ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २५ आश्विन २०७८

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को

२५ असोज, काठमाडौं ।

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को लागेको छ । खुसी र उमंग बोकेर दशैं मनाउन जतिसक्दो छिटो घर पुग्न मानिसहरु आतुर छन् । तर घर फर्किने बेला सडकमा हुने अत्यासलाग्दो जामले भने हैरानै बनाएको छ ।

काठमाडौं उपत्यकाको प्रमुख नाका नागढुंगादेखि नै सवारी साधनहरुको जाम छ । नागढुंगाको डाँडाबाट हेर्दा जाममा रोकिएका गाडीका ताँती सुरुङमार्ग निर्माणस्थलभन्दा पनि परसम्म देखिन्छ । जाम खुलाउन ट्राफिक प्रहरीलाई समेत धौधौ परेको छ । सो क्षेत्रमा आइतबार राति पनि जाम थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । तर कति जनाले काठमाडौं छाडे भन्ने एकिन तथ्यांक भने छैन ।

Maruti Cement