ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २१ आश्विन २०७८

बेंगलोरमाथि हैदरावादको रोमाञ्चक जित

२१ असोज, काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ ।

अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाएपछि हैदरावादले रोमाञ्चक जित हात पारेको हो ।

बैंगलोरका देवदूत पडिकलले सर्वाधिक ४१ र ग्लेन म्याक्सवेलले ४० रन बनाए ।

एबी डी भिलियर्सले अविजित रहँदै १९ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन् ।

हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

हैदरावादका लागि जासन रोयले ४४ र कप्तान केन विलियम्सनले ३१ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिए ।

यस सिजन हैदरावादको यो १३ खेलमा तेस्रो जित हो । पराजित बैंगलोर १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ ।

Maruti Cement