ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २१ आश्विन २०७८

शक्तिपीठहरूमा घुइँचो : मास्क छ, भौतिक दूरीको मतलब छैन

२१ असोज, काठमाडौं ।

बडा दशैं शुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज घटस्थापनाको दिन दुर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भीडभाड छ ।

काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्साल भगवती, मैतीदेवी लगायत मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।

मन्दिरमा पूजा गर्न आएकाहरुले मास्क लगाए पनि भौतिक दूरी कायम गरेको भने देखिएको छैन । मन्दिरहरुमा देखिएको भीडभाडले कोरोना संक्रमण फैलिनसक्ने जोखिम बढाएको छ ।

घटस्थापनाको दिनदेखि दशैंको नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गर्ने परम्परा छ ।

Maruti Cement