ताजा अपडेट
श्रीपेज १३ आश्विन २०७८

विराटनगर ८९ रनमा अलआउट, भैरहवालाई ९० रनको सामान्य लक्ष्य

१३ असोज, काठमाडौं।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा विराटनगर वारियर्सले भैरहवा ग्लाडीयटर्सलाई ९० रनको सामान्य लक्ष्य दिएको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७.४ ओभरमा ८९ रनमा अलआउट भयो ।

विराटनगरका लागि दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए । यस्तै सुमित महर्जनले १३ तथा आसिफ शेख र अनिल शाहले समान ११ रन बनाए । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

विराटनगरलाई अलआउट गर्न भैरहवाका धम्मिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १/१ विकेट लिए ।

Maruti Cement