ताजा अपडेट
श्रीपेज ६ आश्विन २०७८

कपनमा कल्भर्टमा छिरी किशोर गाएब भएकोमा युवा संघ को ज्ञापनपत्र

युवा संघ नेपालले कल्भर्टमा छिरी किशोर गाएब भएकोमा ध्यान आकर्षण गराउदैं, बुढानीलकण्ठ नगरपालिकाका वडा नं १० र १२ तथा काठमाडौं महानगरपालिकाको वडा नं. ६ मा ज्ञापन पत्र बुभाएको छ ।


बुनपा वडा नं १२ र काठमाडौं महानगरपालिकाको वडा नं. ६ को सीमानामा रहेको निर्माणाधीन बक्स कल्भर्टमा परेर एक किशोर बेपत्ता भएको सन्दर्भमा निर्माणस्थलमा पर्याप्त सुरक्षा नअपनाएको भन्दै युवा संघ नेपालका बुढानीलकण्ठ नगर कमिटीका अध्यक्षले ध्यानाकर्षण गराएका छन् । सरोकार वालाहरुले निर्माणस्थलमा देखिएका कमजोरीलाई सच्याउन पहल नगरेका कारण स्थानीय जनताको ज्यान जोखिममा परेको आरोप युवा संघले लगाएको छ ।

गत ५ गते राति मिलनचोक तरकारी बजार नजीकबाट एक जना किशोर कल्भर्टमा छिरी गाएब भएका थिए । अहिले सम्म पनि किशोर फेला पार्न सकिएको छैन ।

Maruti Cement