ताजा अपडेट
श्रीपेज ३१ भाद्र २०७८

आणविक भट्टी निरीक्षणमा खटिएकी राष्ट्रसंघकी कर्मचारीलाई इरानी गार्डले गरे यौन दुर्व्यवहार

जेनेभा, ३१ भदौ

इरानका सुरक्षा गार्डले राष्ट्रसंघका हतियार निरीक्षण टोलीकी महिलामाथि दुर्व्यवहार गरेका छन् । गार्डले महिला निरीक्षकको संवदेशील स्थानमा हात लैजाने र आणविक भट्टीभित्र लुगा खोल्नसमेत लगाएका छन् ।

इरानको नतान्ज आणविक भट्टीमा सुरक्षा गार्डले महिला निरीक्षकलाई चार पटक दुर्व्यवहार गरेका हुन् । राष्ट्रसंघले महिला निरीक्षकमाथि भइरहेका दुर्व्यवहार रोक्न र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।

राष्ट्रसंघको आणविक निगरानी निकाय आइएइएले त्यस्ता घटना राष्ट्रसंघका लागि अमान्य हुने जनाएको छ ।

‘पछिल्ला महिनामा इरानको एक आणविक भट्टी निरीक्षणका क्रममा हाम्रा एक महिला कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दोषिमाथि कडा कारबाही गर्न राष्ट्रसंघ माग गर्छ,’ आईएइएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इरानका आणविक गतिविधिबारे आइएइएले बारम्बार निगरानी गर्दै आएको छ ।

Maruti Cement